Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु


  • 1.1K
    Shares

    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
    images

    काठमाडौं । अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

    च्याट्सवर्थ क्षेत्रमा भएको घातक बस दुर्घटनाको समाचार संकलन गरिरहेका बेला हेलिकप्टर खसेको हो। दुर्घटनापछि ठूलो आगलागी भएको थियो ।

    लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा चार जनाको स्वास्थ्य जाँच गरिएकोमा तीन जनालाई मृत घोषित गरिएको छ । एक जनालाई अस्पताल लगिएको छ । मृतकमध्ये एक जना जमिनमा रहेका व्यक्ति भएको बताइएको छ ।

    दुर्घटनाग्रस्त हेलिकप्टर स्थानीय समाचार संस्थाको रहेको पुष्टि भएको छ । हेलिकप्टरमा रहेका चालक र समाचारकर्मीबारे तत्काल थप विवरण सार्वजनिक गरिएको छैन ।  

    हेलिकप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन । सम्बन्धित निकायले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १०:४०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij