Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

उद्यमी तथा व्यवसायीहरूसँग छलफलमा प्रधानमन्त्री शाह

उद्यमी तथा व्यवसायीहरूसँग छलफलमा प्रधानमन्त्री शाह


  • 848
    Shares

    उद्यमी तथा व्यवसायीहरूसँग छलफलमा प्रधानमन्त्री शाह
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवसायीहरूसँग छलफल भएको हो । 

    छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् । मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ । 

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १२:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij