Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धार तीव्र: सुरुङभित्रबाट प्रतिध्वनि र चिसो हावा आयो

चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धार तीव्र: सुरुङभित्रबाट प्रतिध्वनि र चिसो हावा आयो


  • 736
    Shares

    चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धार तीव्र: सुरुङभित्रबाट प्रतिध्वनि र चिसो हावा  आयो
    images

    काठमाडौं। रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले उद्धारस्थलमै पुगेर प्राविधिक समन्वय र सहजीकरण गरिरहेका छन्।

    घिसिङले दिएको जानकारीअनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा थुप्रिएको ठूलो परिमाणको लेदो, बालुवा र ढुङ्गा पन्छाउँदै उद्धार टोली निरन्तर अघि बढिरहेको छ।

    सुरुङको साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा प्रतिध्वनि (इको) सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको पाइएकाले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल नै हुन सक्ने आशा बढेको छ। अब विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको बताइएको छ।

    उद्धार कार्यलाई थप गति दिन स्याफ्रुबेँसीतर्फबाट एक्स्काभेटरले सुरुङसम्म पुग्ने बाटो बनाउने काम द्रुत गतिमा गरिरहेको छ। सुरुङसम्म एक्स्काभेटर पुगेपछि उद्धार कार्य झनै छिटो हुने अनुमान गरिएको छ।

    यस संवेदनशील उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ टोली, स्थानीय प्रशासन तथा चिलिमेका कर्मचारीहरू अहोरात्र खटिएका छन्। घिसिङले उद्धारमा खटिएका सबैप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका सबैलाई सकुशल उद्धार गर्न सकिने विश्वास व्यक्त गरे।

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - ११:०४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij