Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम, तटीय क्षेत्रमा सतर्कता जारी

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम, तटीय क्षेत्रमा सतर्कता जारी


  • 1.2K
    Shares

    सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम, तटीय क्षेत्रमा सतर्कता जारी
    images

    काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पर्ने हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    भदौ २६ गते बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ तर्फ गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल करिब ३५ मिटर अग्लो पहिरो खसेको हो । पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको प्रहरीले जनाएको छ ।

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

    प्रहरीले नदी तटीय क्षेत्रमा रहेका गाउँबस्ती तथा हुङ्गा खोलामा रहेका गौरीशंकर हाइड्रोपावरमा कार्यरत कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जानसमेत सूचित गरिएको प्रहरीले जनाएको छ ।

    हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका–२ बोदेलमा थुनिएको स्थानबाट सोताङ, थुलुङ दूधकोशी र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ । त्यसपछि उक्त नदी खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने गर्दछ ।

    बिहान करिब ९ः१० बजे पहिरोका कारण बनेको ड्यामको ताल भरिएपछि पानी निकास हुन सुरु भएको छ । घटनास्थलको अवस्था तथा थप विवरणबारे बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

     

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १०:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij