२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले रिक्त रहेको मन्त्रालयमा साहलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ।
यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार नै पदबाट राजीनामा दिएपछि मन्त्रालय रिक्त भएको थियो।
राष्ट्रपति कार्यालयका अनुसार साहले बिहीबार साँझ साढे ५ बजे मन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij