Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

अस्पतालबाहिर सुत्केरी घटनामा छानबिन गर्न टोली राजविराज जाँदै

अस्पतालबाहिर सुत्केरी घटनामा छानबिन गर्न टोली राजविराज जाँदै


  • 1.1K
    Shares

    अस्पतालबाहिर सुत्केरी घटनामा छानबिन गर्न टोली राजविराज जाँदै
    images

    काठमाडौं ।  राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

    घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली बिहीबार नै राजविराज जाने भएको छ । मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीसँगै जानेछन् ।

    मन्त्रालयले घटनाबारे अस्पतालसँग स्पष्टीकरण माग्दै स्थलगत छानबिनपछि दोषी देखिए सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।

    अस्पतालले पनि घटनाबारे छुट्टै छानबिन समिति गठन गर्ने भएको छ । मन्त्रालयले स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने स्पष्ट गर्दै घटनाको गम्भीर अध्ययन भइरहेको जनाएको छ ।  

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १४:५६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij