२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । रसुवा बाढी तथा पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३७७ पुगेको छ । अझै ५ हजार १३० जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बिहीबार बिहान ११ बजेसम्मको विवरणअनुसार चितवनमा सबैभन्दा धेरै ३६४ जनाको शव भेटिएको छ । नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८ र रसुवामा १७८ जनाको मृत्यु भएको छ ।
हालसम्म १०४ शवको सनाखत भएको छ भने विभिन्न १९ अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ । विपद्पछि १३ हजार ६५६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
खोज, उद्धार तथा सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा राहत तथा खाद्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij