२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन ३ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ७९० रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij