२०८२ भाद्र २५ गते बुधवार
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिएको छ । संसदमा भएको मतदानमा गठबन्धन सरकारका पक्षमा बढी मत खसेपछि उहाँ सत्ताबाट बाहिरिएको हो ।
प्रजातन्त्रवादी समूहका नाफताली बेनेटले आगामी सरकारको नेतृत्व गर्ने भएको छ । विपक्षी गठनबन्धनका तर्फबाट १ मत अन्तरले बेनेट प्रधानमन्त्रीका लागि सिफारिस भएको हो ।
संसदमा भएको मतदानमा नेतान्याहुको पक्षमा ५९ र विपक्षी गठनबन्धनले ६० मत प्राप्त गरेको हो । विपक्षी गठबन्धनका बेनेट सन् २०२३ सेप्टेम्बरसम्म प्रधानमन्त्री रहने सत्ता साझेदारबीच सम्झौता भएको छ ।
सन् २०२३ पछि बाँकी २ वर्ष सरकार चलाउन अर्का नेता एयर लापिदलाई हस्तान्तरण गर्नुपर्ने गठनबन्धनको तयारी रहेको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij