२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनिवार्य रूपमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली लागू गर्न निर्देशन दिएको छ ।
भदौ १७ गते बोर्डले पत्र लेख्दै हाल अधिकांश स्वास्थ्य संस्थाहरूबाट ‘म्यानुअल’ रूपमा दाबी पेस हुँदा दाबी रुजु र मूल्याङ्कन प्रक्रियामा धेरै समय लाग्नुका साथै भुक्तानीमा समेत ढिलाइ भइरहेकाले बोर्डले यो कदम चालेको हो । म्यानुअल प्रक्रियाका कारण गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न भएको बोर्डको ठहर छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij