Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नेशनल लाइफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ५१ लाख सहयोग

नेशनल लाइफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ५१ लाख सहयोग


  • 1.2K
    Shares

    नेशनल लाइफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ५१ लाख सहयोग
    images
    काठमाडौं ।  श्री नेशनल लाईफ इन्स्योरेनस कं. लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । 
     
    गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा रु.१ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष श्रीमति प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री श्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे । 
     
    उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको छ र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गर्दछ ।
     
    यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति नेशनल लाईफ हार्दिक समवेदना प्रकट गर्दछ र साथै घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दछ ।
     
     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - ११:०५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij