Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • 1.5K
    Shares

    घट्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।

    बुधबार सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ७५ हजार १२० रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार १५० रुपैयाँ थियो ।

    साथै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार बिहीबार १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ थियो ।  

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - ११:५९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij