Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड, एकजना पक्राउ

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड, एकजना पक्राउ


  • 7.0K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड, एकजना पक्राउ
    images

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोन गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका ४ घर भइ काठमाडौं बस्दै आएका २१ वर्षीय दिनेश क्षेत्री हुन्।

    उनले काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिलाको एटिएम मेसिन तोडफोड गरेका थिए। तोडफोड गरिरहेको बेला क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

    महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको हो।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १६:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij