Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट, करिब १७ अर्बको कारोबार

शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट, करिब १७ अर्बको कारोबार


  • 6.9K
    Shares

    शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट, करिब १७ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । हिजो मंगलबार नेप्सेमा उच्च अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।  

    नेप्सेका अनुसार आज शेयर बजार आज १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।  

    आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने  १० वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

    त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.८८ प्रतिशतले घटेको छ ।    

    त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८७ करोड ९४ लाख ९० हजारको कोरोबार भएको छ । 
     

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - १५:१५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij