Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

नेशनल माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सले संस्थापक सेयर विक्रि गर्दै, कति-कति कित्ता ?

नेशनल माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सले संस्थापक सेयर विक्रि गर्दै, कति-कति कित्ता ?


  • 6.6K
    Shares

    नेशनल माइक्रोफाइनान्स र  फरवार्ड माइक्रोफाइनान्सले संस्थापक सेयर विक्रि गर्दै, कति-कति कित्ता ?
    images

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ । संस्थाले ५० हजार कित्ता संस्थापक सेयर जेठ २७ गतेदेखि लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

    उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

    उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । संस्थाको सेयर बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 

    साथैै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले पनि संस्थापक सेयरधनी आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको सेयरहरू बिक्री गर्ने भएको छ ।

    संस्थाले ३ लाख ९४ हजार ६ सय ३४ दशमलव ४६ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर ८ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    उक्त सेयर खरीद गर्न योग्य इच्छुक संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, संस्थाहरुले असार ३ गतेदेखि असार १७ गतेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - १३:४५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij