Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भारतीय पत्रकार तरुण तेजपाललाई १० वर्ष कैद

भारतीय पत्रकार तरुण तेजपाललाई १० वर्ष कैद


  • 701
    Shares

    भारतीय पत्रकार तरुण तेजपाललाई १० वर्ष कैद
    images

    काठमाडौं । भारतका वरिष्ठ पत्रकार तथा तहलका पत्रिकाका पूर्वप्रधान सम्पादक तरुण तेजपाललाई यौन उत्पीडन तथा बलात्कारसम्बन्धी मुद्दामा १० वर्षको कारावास र लाखौँ रुपैयाँ जरिवाना सजाय सुनाइएको छ ।

    बम्बई उच्च अदालतले बिहीबार सजाय निर्धारण गर्दै भारतीय दण्ड संहिताका विभिन्न धारा अन्तर्गत तेजपाललाई दोषी ठहर गरेको हो । यसअघि अदालतले सन् २०२१ मा गोवा ट्रायल अदालतले दिएको सफाइको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरेको थियो ।

    सजाय सुनाउनुअघि अदालतले बचाउ पक्ष र सरकारी पक्षका वकिलहरूको दलिल सुनेको थियो । तरुण तेजपालका वकिलले यो उनको पहिलो आपराधिक मुद्दा भएको र सन् २०१३ को घटनापछि उनी निरन्तर जमानतमा बसेको उल्लेख गर्दै न्यूनतम सजाय दिन आग्रह गरेका थिए । बचाउ पक्षले अदालतसँग सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारीका लागि आठ हप्ताको समय दिई आत्मसमर्पण गर्न अनुमति दिन पनि अनुरोध गरेको थियो ।

    यता, सरकारी पक्षका तर्फबाट बहस गर्दै महान्यायाधिवक्ताले अदालतसँग अधिकतम सजायको माग गरेका थिए ।  अदालतले भारतीय दण्ड संहिताको धारा ३७६ (२) (एफ) अन्तर्गत १० वर्षको कठोर कारावास र ५ लाख भारतीय रुपैयाँ जरिवाना सुनाएको छ । धारा ३७६ (२) (के) अन्तर्गत १० वर्षको कठोर कारावास र ५ लाख भारतीय रुपैयाँ जरिवाना सजाय दिएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १७:१२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij