२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै १० अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले असारसम्म ५ लाख ८२ हजार ४०७ वटा बीमा पोलिसी बिक्री गरी १० अर्ब १६ करोड ८४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन्।
प्रथम बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीले असार महिनामा मात्रै २ अर्ब ९१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। यो कुल जीवन बीमा व्यवसायको २८ दशमलव ६४ प्रतिशत हिस्सा हो।
त्यस्तै दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ३० करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। कम्पनीको बजार हिस्सा १२ दशमलव ८७ प्रतिशत रहेको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९३ करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ। कम्पनीको हिस्सा ९ दशमलव २४ प्रतिशत रहेको छ।
यसैगरी हिमालयन लाइफले ६८ करोड ४२ लाख, सिटिजन लाइफले ६५ करोड ५६ लाख र एशियन लाइफले ५८ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।
एलआइसी नेपालले ५४ करोड ७६ लाख, प्रभु महालक्ष्मी लाइफले ५४ करोड ३० लाख, सानिमा रिलायन्स लाइफले ५१ करोड ५० लाख र आइएमई लाइफले ५० करोड ८६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।
त्यस्तै रिलायबल नेपाल लाइफले ४३ करोड ६७ लाख, सन नेपाल लाइफले २९ करोड १९ लाख, मेट लाइफले १९ करोड ५४ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ९९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ।
समग्रमा हेर्दा जीवन बीमा क्षेत्रमा नेपाल लाइफले सबैभन्दा ठूलो हिस्सा ओगट्दै अग्रता कायम गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij