२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । चलचित्र ‘कमला मिस’ जयनेपाल हलमा प्रिमियर भएको छ ।
मंगलबार साँझ आयोजित प्रिमियरमा चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले उपस्थिति रहेको थियो ।चलचित्र हेर्ने सबैले विषयवस्तु, प्रस्तुति र सशक्त सन्देशको खुलेर प्रशंसा गरेका थिए ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित चलचित्र ‘कमला मिस’ बाल मनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको हो । आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, माया पाएपछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले आफ्नो जीवनमा भोग्नुपरेका सङ्घर्षलाई मार्मिक र प्रभावकारी ढङ्गले चलचित्रले प्रस्तुत गरेको छ।
विशेष विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूले बाल मनोविज्ञान, शिक्षक–विद्यार्थीबिचको आत्मीय सम्बन्ध र अभिभावकको भूमिकालाई चलचित्रले अत्यन्त संवेदनशील ढङ्गले प्रस्तुत गरेको छ ।
चलचित्रमा निर्देशक निर शाह सँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडा लगायतका कलाकारहरूको अभिनय छ।
चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्। ‘कमला मिस’ यही साउन २२ गते शुक्रबार देखि देशभरका प्रदर्शनमा आउँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij