२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नबिल बैंकले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड प्राप्त गरेको छ । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्सले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्रस-२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ अवार्ड हात पारे हो ।
अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्स एण्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबाट खुलारूपमा आवेदन आह्वान गरेको थियो ।
यी दक्षिण एसियाली मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले इमर्जिङ एसिया बैंकिङ अवार्ड-२०२६ का विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफाको अवस्था, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनलगायतका विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij