२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ।
सोमबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य आज २०० रुपैयाँले घटेको हो। आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ३१० रुपैयाँ तोकिएको छ।
साथै, चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर ४ हजार ३८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७५५ रुपैयाँ कायम गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij