Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुडानी सेनाले गरेको ड्रोन आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु

सुडानी सेनाले गरेको ड्रोन आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु


  • 848
    Shares

    सुडानी सेनाले गरेको ड्रोन आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु
    images

    कायरो । सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको ड्रोन आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको मानवअधिकार समूहले जनाएको छ।

    सुडानमा भएका मानवअधिकार उल्लङ्घनको अभिलेखीकरण गर्दै आएको स्वतन्त्र संस्था इमर्जेन्सी लयर्सका अनुसार आइतबार उत्तरी डार्फर राज्यको अल–जाविया गारा गाउँस्थित नागरिक अदालतको मुख्यालयमा ड्रोन आक्रमण गरिएको हो। उक्त अदालतले स्थानीय स्तरमा न्यायिक तथा सामाजिक दुवै भूमिका निर्वाह गर्दै आएको समूहले जनाएको छ।

    समूहले घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गर्दै नागरिक तथा सार्वजनिक संस्थामाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेको छ।

    सुडान सन् २०२३ अप्रिलदेखि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) र सुडानी सेनाबीचको भीषण द्वन्द्वमा फसेको छ। द्वन्द्व अनुगमन गर्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क (एसीएलईडी) का अनुसार हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु भइसकेको छ। यद्यपि सहायता संस्थाहरूले वास्तविक मृतक सङ्ख्या यसभन्दा धेरै बढी हुन सक्ने बताएका छन्।

    युद्धका क्रममा ड्रोन आक्रमण दुवै पक्षले व्यापक रूपमा प्रयोग गर्दै आएका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२६ को पहिलो चार महिनामा सुडानमा भएका नागरिक मृत्युको करिब ८० प्रतिशत युद्धकै कारण भएको छ, जसले द्वन्द्वको गम्भीर मानवीय असरलाई उजागर गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - २०:४०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij