Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिईडिबि हाइड्रोपावरको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबारमा आउँदै

सिईडिबि हाइड्रोपावरको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबारमा आउँदै


  • 9.0K
    Shares

    सिईडिबि हाइड्रोपावरको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबारमा आउँदै
    images

    काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    कम्पनीले सर्वसाधारणमा जारी गरेको २५ लाख १८ हजार २३० कित्ता र  संस्थापक सेयर ५८ लाख ७५ हजार ८७० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको सेयर पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ ।

    नेप्सेले आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएका कम्पनीको लागि पछिल्लो परिष्कृत वित्तीय विवरणको प्रतिसेयर नेटवर्थदेखि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोक्ने गर्छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृृत भएसँगै बुधबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

    image.png

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १६:२८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij