Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्से हालसम्मकै उच्च : ५३.४४ अंकले बढ्यो, करिब १७ अर्बको कारोबार

नेप्से हालसम्मकै उच्च : ५३.४४ अंकले बढ्यो, करिब १७ अर्बको कारोबार


  • 5.3K
    Shares

    नेप्से हालसम्मकै उच्च : ५३.४४ अंकले बढ्यो, करिब १७ अर्बको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार नौ सय ६०.१४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  यसअघि यो साताको पहिलो दिन आइतबार नेप्से दुई हजार नौ सय १९.२३ विन्दुमा पुगेको थियो । 

    नेप्सेका अनुसार आज शेयर बजार ५३।४४ अंकले बढेको छ भने १६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये तीन वटा समूह बाहेक अन्य समूह बढेका छन् भने अधिकांश कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

    त्यस्तै, मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस सस्थाको शेयरमूल्य आज २.८५ प्रतिशतले घटेको छ ।

    त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यसको एक अर्ब ६ करोड २३ लाख १२ हजारको कोरोबार भएको छ । 

     

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १५:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij