Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज बढ्यो सुनचाँदीको मूल्य

आज बढ्यो सुनचाँदीको मूल्य


  • 708
    Shares

    आज बढ्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।

    साथै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार ३१५ रुपैयाँ रहेको चाँदी सोमबार ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रति १० ग्राम ३ हजार ७३० रुपैयाँ तोकिएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - ११:४४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij