Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

२ करोड कमाउँदै ‘स्पाइडर-म्यान: ब्रान्ड न्यूडे’ ले राख्यो नयाँ रेकर्ड

२ करोड कमाउँदै ‘स्पाइडर-म्यान: ब्रान्ड न्यूडे’ ले राख्यो नयाँ रेकर्ड


  • 10.3K
    Shares

    २ करोड कमाउँदै ‘स्पाइडर-म्यान: ब्रान्ड न्यूडे’ ले राख्यो  नयाँ रेकर्ड
    images

    काठमाडौं । हलिउड फिल्म ‘स्पाइडर-म्यानस् ब्रान्ड न्यूडे’ ले नेपाली बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। यस फिल्मले पहिलो दिन नेपालभर झण्डै २ करोड ग्रस कलेक्सन गरेको छ।

    चलचित्र विकास बोर्डका अनुसार फिल्मले पहिलो दिन १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ कमाएको छ। जुन अहिलेसम्ममै धेरै ओपनिङ गर्ने हलिउड फिल्म समेत हो।

    आज शुक्रबार पनि यस फिल्मले दर्शकहरूको उत्साहजनक साथ पाइरहेको छ। बिहान ६ बजेदेखि मध्यराति साढे ११ बजेसम्मका शोहरू हाउसफूल छन्।

    प्रदर्शनअगावै यस फिल्मले अग्रिम टिकट बिक्रीमार्फत २ करोड ६८ लाख रुपैयाँ कमाएको थियो। यो नेपाली फिल्म हलमा अंग्रेजीसहित हिन्दी भाषामा पनि रिलिज भइरहेको छ।  

    डेस्टिन ड्यानियल क्रेटन निर्देशित यस फिल्ममा टम हल्यान्ड, जेन्डाया, सेडी सिंक, ज्याकोब बाटालोन, जोन बर्नथल, ट्रामेल टिलम्यान, माइकल म्यान्डो र मार्क रफालो लगायतको अभिनय छ। स्टान ली र स्टिभ डिट्कोको कमिक बुकमा आधारित फिल्मको पटकथा क्रिस म्याककेना र एरिक सोमर्सले लेखेका हुन्।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १७:१४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij