Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो


  • 764
    Shares

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार स्थानीय बजारमा सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा एक हजारले घटेको छ भने चाँदी १० ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२० कायम भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० कायम भएको थियो ।

    गत सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ४४५ मा कारोबार भएको थियो ।

     

    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - ११:३१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij