Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई 'अस्वस्थ', अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई 'अस्वस्थ', अस्पताल भर्ना


  • 967
    Shares

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई 'अस्वस्थ', अस्पताल भर्ना
    images

    काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

    शनिबार साँझ अचानक तीव्र चक्कर लाग्ने र वान्ता हुने भएपछि उनलाई काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

    डा. भट्टराईको सचिवालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको भित्री कानमा हुने एक सामान्य तर असहज समस्या ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो’ को लक्षण देखिएको छ ।

    हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत रहेका छन् । सचिवालयका अनुसार स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्टहरू सामान्य रहेका छन् ।

    पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुक, आफन्त तथा मित्रहरूलाई उनको सचिवालयले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।

    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १०:२२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij