Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

कोडिङका विद्यार्थी दीक्षित गर्दै सामसङले नेपालमा एआई कार्यक्रम विस्तार गर्‍यो

कोडिङका विद्यार्थी दीक्षित गर्दै सामसङले नेपालमा एआई कार्यक्रम विस्तार गर्‍यो


  • 7.8K
    Shares

    कोडिङका विद्यार्थी दीक्षित गर्दै सामसङले नेपालमा एआई कार्यक्रम विस्तार गर्‍यो
    images

    काठमाडौं । सामसङ नेपालले आफ्नो सामसङ इनोभेसन क्याम्पस अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ । यसका साथै कम्पनीले नेपालको भावी डिजिटल जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्सका लागि आवेदन खुल्ला गरेको घोषणा गरेको छ ।

    सन् २०२५ डिसेम्बर २२ देखि सुरु भई सन् २०२६ जुन ३० सम्म सञ्चालित कोडिङ र प्रोग्रामिङ कोर्सले विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक प्रोजेक्टको अनुभव र उद्योगको प्रत्यक्ष ज्ञान प्रदान गरेको थियो । हालै आयोजित एक दीक्षान्त समारोहमा उक्त कोर्स सफलतापूर्वक पूरा गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ । 

    सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले कार्यक्रममा बोल्दै नेपाली युवाहरूको क्षमताको प्रशंसा गरे । उनले भने, गत डिसेम्बरमा नेपाल आउँदा मैले यहाँका युवाहरूमा जुन सम्भावना देखेको थिएँ, आज त्यसलाई उपलब्धिमा बदलिएको देख्दा मलाई गर्व लागेको छ । आर्टिफिसियल इन्टेलिजेन्सले विश्वका हरेक उद्योगलाई नयाँ स्वरूप दिइरहेको वर्तमान अवस्थामा युवाहरूमा डिजिटल सीपको विकास हुनु अत्यन्तै जरुरी छ । सामसङ इनोभेसन क्याम्पसमार्फत हामीले युवाहरूलाई आत्मविश्वास र नवीन सोचका साथ नेपालको डिजिटल भविष्यको नेतृत्व गर्न तयार पारिरहेका छौँ ।

    सामसङको विश्वव्यापी सीएसआर भिजन टुगेदर फर टुमरो १ इनेब्लिङ पिपुलू अन्तर्गत सन् २०२३ मा नेपालमा यो कार्यक्रम सुरु गरिएको थियो । यस कार्यक्रमले युवाहरूलाई उदीयमान प्रविधिमा दक्ष बनाउनुका साथै कार्यस्थलका लागि आवश्यक सञ्चार, सहकार्य र आलोचनात्मक सोच जस्ता सीपहरू विकास गर्न सहयोग पुर्‍याउँदै आएको छ । 

    नयाँ सुरु हुन लागेको एआई कार्यक्रमले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ र वास्तविक समस्या समाधानमा केन्द्रित गर्नेछ । यस कोर्समार्फत सहभागीहरूले नेपालको बदलिँदो विकासका आवश्यकताहरूलाई सम्बोधन गर्न एआई क्षमताको विकास गर्ने अवसर पाउनेछन् । 

    कक्षाकोठाको सिकाइबाहेक सामसङ नेपालले स्नातकहरूलाई सामसङका कर्मचारी र उद्योग विज्ञहरूमार्फत मेन्टरसिप, करियर मार्गदर्शन र नवीन परियोजनाहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    यसका साथै, सामसङले ुसामसङ इनोभेसन क्याम्पस एल्मुनाई नेटवर्कु स्थापना गर्ने योजना पनि बनाएको छ । यस सञ्जालले दीक्षित विद्यार्थीहरूलाई एक(अर्कासँग जोडिन, निरन्तर सिक्न र भविष्यका सहभागीहरूलाई मार्गदर्शन गर्न मञ्च प्रदान गर्नेछ । 

    नेपालको डिजिटल रूपान्तरणलाई गति दिन र रोजगारीका अवसरहरू विस्तार गर्न शैक्षिक क्षेत्र, उद्योग र सरकारबीचको सहकार्य आवश्यक रहेको सामसङको विश्वास छ । 

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १७:०५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij