Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ३७ बुँदे मार्गदर्शन जारी (पूर्णपाठसहित)

बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ३७ बुँदे मार्गदर्शन जारी (पूर्णपाठसहित)


  • 1.8K
    Shares

    बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ३७ बुँदे मार्गदर्शन जारी (पूर्णपाठसहित)
    images

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३\८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन नयाँ वित्तीय मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले विनियोजन ऐन, २०८३ र आर्थिक कार्यविधिसम्बन्धी कानुनको पूर्ण पालना गर्न सबै सरकारी निकायलाई निर्देशन दिएको हो।

    मार्गदर्शनअनुसार सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ। साथै इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्च घटाउन र सरकारी भवनकै प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।

    साथै, आयोजनामा सम्भावित वित्तीय जोखिमको पूर्वआकलन गरी न्यूनीकरणका उपाय अपनाउनुपर्ने, सशर्त अनुदान र वैदेशिक सहायताको रकम तोकिएको उद्देश्यबाहेक खर्च गर्न नपाइने व्यवस्था गरिएको छ। बजेटको दोहोरोपना र वित्तीय बेथिति रोक्न एलएमबीआईएस प्रणालीको अनिवार्य प्रयोग तथा नियमित अनुगमनमा पनि सरकारले जोड दिएको छ।

     

     

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १७:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij