Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध मन्त्रालयमा निवेदन

‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध मन्त्रालयमा निवेदन


  • 1.0K
    Shares

    ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध मन्त्रालयमा निवेदन
    images

    काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन परेको छ।

    शुक्रबार तनहुँको व्यास नगरपालिका-११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले उक्त गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै लिखित निवेदन दिएका हुन्।

    निवेदनमा ‘ताराबाजी लैलै’ नामक गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति अपमान हुनेगरी अमर्यादित तथा संस्कृति भड्काउने खालका शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ।

    यसअघि पनि उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले विज्ञप्ति निकालेर विरोध जनाइसकेका छन्।

    Ujuri.jpg

    images
    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १५:१७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij