Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एसीसी महिला यु १९ प्रिमयर कपः फाइनलमा पुग्न नेपाललाई युएईले दियो १०१ रनको लक्ष्य

एसीसी महिला यु १९ प्रिमयर कपः फाइनलमा पुग्न नेपाललाई युएईले दियो १०१ रनको लक्ष्य


  • 1.9K
    Shares

    एसीसी महिला यु १९ प्रिमयर कपः फाइनलमा पुग्न नेपाललाई युएईले दियो १०१ रनको लक्ष्य
    images

    काठमाडौं । एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा नेपाललाई यूएईले १०१ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरको खेलमा यूएई १०० रनमा अलअउट भएको हो ।

    मलेसियामा भइरहेको खेलमा यूएइईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालका बलरहरुले कसिलो बलिङ गर्दै यूएईका ब्याटरहरुलाई खुलेर खेल्न दिएनन् ।

    यूएईका लागि मेहुल प्रनव कुलकर्णीले २९ बलमा सर्वाधिक ३० रन बनाइन् । ओपनर लावन्य केनी २५ रन जोडेर आउट भइन् भने ९ नम्बरमा आएकी नेहा कुमारीले ११ बलमा १९ रन जोड्दै यूएईको स्कोर उकासेकी थिइन् ।

    बलिङतर्फ नेपालकी अनु कठायत र रिया शर्माले ३(३ विकैट लिएका छन् । तिर्सना विश्वकर्माले २ विकेट र मनिषा उपाध्यायले १ विकेट लिए ।

    images
    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १३:४३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij