Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एशियन गेम्स खेल्ने आठ नेपाली करातेका खेलाडीले ढाकामा दक्षिण एशियाली च्याम्पियनसिप खेल्दै

एशियन गेम्स खेल्ने आठ नेपाली करातेका खेलाडीले ढाकामा दक्षिण एशियाली च्याम्पियनसिप खेल्दै


  • 1.3K
    Shares

    एशियन गेम्स खेल्ने आठ नेपाली करातेका खेलाडीले ढाकामा दक्षिण एशियाली च्याम्पियनसिप खेल्दै
    images

    काठमाडौं । आगामी २० औं एशियन गेम्स खेल्ने नेपालका आठ खेलाडीले बंगलादेशमा हुने दशौं दक्षिण एशियाली कराते च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएका छन् । 

    बंगलादेशको राजधानी ढाकामा जुलाई १५ देखि १९ तारिखसम्म दक्षिण एशियाली च्याम्पियनसिप आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपमा एरिका गुरुङसहित राष्ट्रिय टोलीका आठ खेलाडी गरी कुल ८० खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । जापानमा हुने २०औं एशियन गेम्समा फाइटतर्फ आठ खेलाडी र कातामा तीन खेलाडी चुनौती प्रश्तुत गर्ने तय छ । 

    फाइटमा एरिका गुरुङले महिला ६८ केजीमुनी, निरुपा दोङ तामाङले महिला ६१ केजी मुनि, राकेश मानन्धरले पुरुष ५७ केजीमुनी, मीनबहादुर तामाङले पुरूष ६० केजीमुनि र तेन्जिङ शेर्पा ८० केजीमाथि तौलसमूहमा खेल्दैछन् । ढाकामा हुने च्याम्पियनसिपमा पनि पाँचै खेलाडीले यही तौल समूहमा खेल्ने प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए । 

    कातातर्फमा सानुमाया थिङले टिमरएकल काता खेल्न प्रशिक्षक मण्डेकाजी श्रेष्ठले बताए । टिम कातामा एलिशा रास्कोटी मगर र मेघा लिम्बू पनि छन् । एसियन गेम्स पनि यी तीनैले कातामा प्रतिस्पर्धा गर्ने तय छ ।

    दशौं दक्षिण एशियाली कराते च्याम्पियनसिपमा नेपालबाट तीन वटा उमेरसमूह यु-१४, यु-१२ र यु-१० मा गरी २५ खेलाडीले खेल्नेछन्  । नेपाल आठौं र सातौं संस्करणमा च्याम्पियन हो ।  पछिल्लो संस्करण उपविजेता भएको थियो । यस प्रतियोगिताका लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरिसकेको छ ।  

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा आयोजित कार्यक्रममा राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहताले सफलताको शुभकामना दिँदै बिदाई गरेका थिए । बिदाइ कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्वसदस्यसचिव युवराज लामा, नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङलगायत करातेका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
     
    टोलीमा महासंघका अध्यक्ष युवराज लामा, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष दावा गुरुङ, टोली प्रमुख महेन्द्र सिंह, टोली व्यवस्थापक प्रेमलाल बोम्जनसहित प्रशिक्षक, अफिसियल र विभिन्न उमेर समूहका ८० खेलाडी सहभागी रहेका छन् । 

    प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक तथा पदाधिकारीसहितको टोली सहभागी हुने भएको हो । टोलीमा विभिन्न तौल समूहका पुरुष तथा महिला खेलाडीसँगै प्रशिक्षक र अफिसियलहरू पनि समावेश छन् । 

    नेपालले यस प्रतियोगितामा काता र कुमिते दुवै विधामा प्रतिष्पर्धा गर्नेछ । दक्षिण एसियाका उत्कृष्ट खेलाडीहरू सहभागी हुने प्रतियोगितामा नेपालले पदक संख्या बढाउने लक्ष्य राखेको छ ।  

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १७:५१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij