Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनचाँदीकै मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकै मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?


  • 1.1K
    Shares

    सुनचाँदीकै मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले वृद्धि भएको हो।

    साथै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    महासंघका अनुसार बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ४४ हजार १७० रुपैयाँ र चाँदीको मूल्य १० ग्रामको ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ।   

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - ११:५१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij