Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

हामी कसैको चाकडी गरेर होइन, जेलनेल भोगेर आएका हौँ: सांसद खगेन्द्र सुनार

हामी कसैको चाकडी गरेर होइन, जेलनेल भोगेर आएका हौँ: सांसद खगेन्द्र सुनार


  • 1.1K
    Shares

    हामी कसैको चाकडी गरेर होइन, जेलनेल भोगेर आएका हौँ: सांसद खगेन्द्र सुनार
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूहरू कसैको चाकडी वा चाप्लुसी गरेर नभई कठोर सङ्घर्ष र जेलनेल भोगेर राजनीतिमा आएको बताएका छन्  । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुनारले आफूहरूलाई सङ्घर्ष र विरोध कति बेला गर्नुपर्छ भन्ने राम्रोसँग थाहा भएको दाबी गरेका छन्।

    सडक र सदनमा आफूहरूलाई लक्षित गरी उठिरहेका प्रतिपक्षी आवाजहरूतर्फ सङ्केत गर्दै उनले आक्रोश व्यक्त गरेका छन्। हामी कसैको हातखुट्टामा तेल घसेर आएका होइनौँ, सङ्घर्षको नेल लगाएर आएका हौँ, सुनारले भने, हामीजस्तो विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ र कति बेला सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा कसैले सिकाइरहनु पर्दैन। गणेश नेपालीको मृत्युलाई राजनीतिक र जातीय रङ नदिन आग्रहसांसद सुनारले काठमाडौँमा भएको दुःखद घटनामा ज्यान गुमाएका मुगुका २५ वर्षीय युवा गणेश नेपालीको प्रसङ्ग उठाउँदै उक्त घटनालाई विभिन्न राजनीतिक र जातीय रङ दिन खोजिएको प्रति कडा आपत्ति जनाएका छन्।

    सुनारले देशमा दलित समुदायमाथि भइरहेका शृङ्खलाबद्ध हत्या र हिंसाका घटनाहरूको फेहरिस्त समेत प्रस्तुत गरेका छन्। उनले रुकुमको सोती घटना, कालीकोटका मानविरे सार्की, मना सार्की, अङ्गिरा पासी, सङ्गिता परियार, अजित मिजार, सम्झना कामी, सेते दमाई, शिवशंकर दास र अस्मिता सार्की लगायत दर्जनौँ दलित पीडितहरूको नाम स्मरण गराएका छन्।

    देशका झण्डै ६० लाख दलितको प्रतिनिधित्व गर्दै आफूहरू संसद्‌मा आएको भन्दै उनले दलित समुदायको मुद्दा र सङ्घर्षबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाएका छन्।

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १४:५६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij