Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

स्वास्थ्य बीमा असफल भएको सांसद तामाङको दाबी

स्वास्थ्य बीमा असफल भएको सांसद तामाङको दाबी


  • 932
    Shares

    स्वास्थ्य बीमा असफल भएको सांसद तामाङको दाबी
    images

    काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले स्वास्थ्य बीमा असफल भएको दाबी गरेका छन् । संघीय संसदको अर्थ समितिको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका  हुन् । 

    नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको दाबी गर्दै उनले यसको कारणबारे प्रश्न गरेका छन् । उनले बीमाको तथ्याङ्क, स्वास्थ्य बीमाको असफलता र व्यावसायिक घरानाको एकाधिकारका कारण सिर्जना हुनसक्ने वित्तीय जोखिमबारे सरकार र नियामक निकायको ध्यानाकर्षण गराएका छन् । 

    सांसद तामाङले बीमाको पहुँचका सम्बन्धमा सरकारी दाबी र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको उल्लेख गरेका छन् । बीमाको पहुँच ५१ प्रतिशत पुगेको भनिए पनि व्यवहारमा २० प्रतिशतको हाराहारीमा मात्र देखिएको तर्क गर्दै उनले पहुँच विस्तारका लागि ठोस योजना आवश्यक रहेको बताएका छन् । 

    एउटै समूहले बैंक, बीमा र उद्योग गरी तीनवटै क्षेत्रमा लगानी गर्दा स्वार्थको द्वन्द्व सिर्जना भएको उनको भनाइ छ । उनले करिव १०० परिवारले नेपालको अर्थतन्त्रलाई विभिन्न माध्यमबाट नियन्त्रणमा लिएको विश्लेषण सुनाउँदै इजाजतपत्र ९लाइसेन्स० दिने बेलामा नै यी क्षेत्रहरूलाई अलग गर्नुपर्नेमा जोड दिएका छन् । 

    उनले भने, ‘मैले सबै क्षेत्रमा बुझ्दा नेपालको स्वास्थ्य बीमा असफल भएको पाएको छु । यो किन असफल भयो रु यसको जवाफ चाहिन्छ । एउटै व्यक्तिले उद्योग, बैंक र बीमामा हात हाल्दा एउटा क्षेत्र डुब्दा त्यसको असर अरू क्षेत्रमा पनि पर्ने देखियो । उद्योग घाटामा जाँदा बीमा र बैंक पनि प्रभावित हुने जोखिम छ । त्यसैले एउटा क्षेत्रमा संलग्न व्यक्तिलाई अर्को क्षेत्रमा लगानी गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नु आवश्यक छ, ताकि एउटा क्षेत्रको असफलताले समग्र अर्थतन्त्रमा ’मल्टिप्लायर’ असर नपरोस् ।’  

     

    images
    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १४:१९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij