Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

जावलाखेलमा पैदलयात्रीको सुरक्षाका लागि 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन

जावलाखेलमा पैदलयात्रीको सुरक्षाका लागि 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन


  • 981
    Shares

    जावलाखेलमा पैदलयात्रीको सुरक्षाका लागि 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन
    images

    काठमाडौं । ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा बढाउने उद्देश्यले जावलाखेलमा स्मार्ट सेफ्टी ब्यारेडु सञ्चालनमा ल्याएको छ। 

    महानगरका अनुसार नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो प्रणालीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार ट्राफिक बत्तीसँग समन्वय गरेर सञ्चालन हुने स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्रीलाई तोकिएको समयमा मात्रै जेब्रा क्रसिङ प्रयोग गर्न प्रोत्साहित गर्ने भएको छ। 

    हरियो बत्ती बल्दा ब्यारेड स्वतः खुल्ने र रातो बत्ती बल्दा स्वतः बन्द हुने व्यवस्था गरिएको छ, जसले रातो बत्तीमा सडक काट्ने प्रवृत्ति नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।  

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १०:४०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij