Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी, हेमन्तले लिए ४ विकेट

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी, हेमन्तले लिए ४ विकेट


  • 1.8K
    Shares

    कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी, हेमन्तले लिए ४ विकेट
    images

    काठमाडौँ । कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो बलिङमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय खेलमा ८१ रनको सानदार जित हात पारेको छ ।

    जर्सी भ्रमणमा रहेको नेपाली टोलीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १ सय ६९ रनमा अलआउट भएको हो । जर्सीका लागि मध्यक्रमका ब्याट्सम्यान चार्ली ब्रेननले ८२ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा जर्सी सस्तैमा समेटियो ।

    जर्सीलाई रोक्ने क्रममा नेपालका तीव्र गतिका बलर हेमन्त धामीले ४ विकेट लिए । आरिफ शेखले ३, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट हात पारे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५० रनको योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १ सय ५ रनको शतकीय योगदान दिए । त्यस्तै भीम सार्कीले ३९ रन बनाउँदा नवौं नम्बरमा आएका हेमन्त धामीले १९ रनको अविजित पारी खेलेका थिए ।

    images
    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - ०६:४८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij