२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।
मंगलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो ।
अहिले दीपाश्रीको स्वाथ्य अवस्था सुधारोन्मुख रहेको उनका सहकर्मी दीपकराज गिरीले जानकारी दिएका छन् । दीपकका अनुसार दीपालाई आइसीयूबाट निकालिएको छ भने एकसातापछि डिस्चार्ज गर्ने तयारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij