Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी, नकआउट चरण प्रवेश

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी, नकआउट चरण प्रवेश


  • 1.7K
    Shares

    मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी, नकआउट चरण प्रवेश
    images

    काठमाडौं । लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले जित हात पारेको छ । अष्ट्रियासँगको खेलमा अर्जेन्टिना २-० ले विजयी भएको हो ।

    मेस्सीले खेलको ३८ औँ र इन्जुरी टाइममा गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले जर्मनीका स्ट्राइकर मिरास्लोभ क्लोजको १६ गोलको रेकर्डलाई भंग गरेका हुन् ।

    अल्जेरियासँगको खेलमा ह्याट्रिक गर्दै मेस्सीले क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका थिए । अष्ट्रियासँगको खेलमा दुई गोल गरेसँगै विश्वकपमा मेस्सीको गोलसंख्या १८ पुगेको छ ।

    खेलको चौथो मिनेटमा अष्ट्रियाले फाउले गर्दा मेस्सीले पनेाल्टीको मौका पाएका थिए । उनले प्रहार गरेको बल बाहिरिएको थियो । यसअघिका खेलमा अर्जेन्टिना अल्जेरियासँग ३-0 ले विजयी भएको थियो ।

    अष्ट्रियाले जोर्डनलाई ३-१ ले पराजित गरेको थियो । जितसँगै तालिकामा ६ अंक जोड्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ। 

    images
    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - ०५:४६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij