२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सिटिजन्स बैंकले २ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ। बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम अग्राधिकार शेयर जारी गर्ने निर्णय पारित गरेको हो।
अब बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रहेर १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता ‘सिटिजन्स अबिमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने भएको छ।
बैंकले शेयरको लाभांश दर ७.५ प्रतिशत तोकेको छ। यसको अर्थ बैंकले नाफा भएको वर्षमात्रै यो लाभांश वितरण गर्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij