Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी


  • 2.4K
    Shares

    विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी
    images

    काठमाडौं । अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन् । अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेपछि मेसीको विश्वकप गोल संख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन् ।

    ३८ वर्ष ३५७ दिनको उमेरमा मेसी विश्वकपमा ह्याट्रिक गर्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा थियो । यो खेलसँगै मेसीले विश्वकपमा १७ जित हासिल गर्दै क्लोजको अर्को कीर्तिमान पनि बराबरी गरेका छन् ।

    उनले विश्वकपमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी खेलाडी कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। यसअघि यो रेकर्ड ब्राजिलका रोनाल्डोको नाममा थियो । ब्राजिलका रोनाल्डोले विश्वकपमा १५ गोल गरेका छन् ।

    मेसी विश्वकपका ६ फरक संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन् । हालसम्म उनले विश्वकपमा २७ खेल खेलिसकेका छन्, जुन आफैँमा कीर्तिमान हो । कप्तानका रूपमा सर्वाधिक २० विश्वकप खेलमा टोलीको नेतृत्व गर्ने खेलाडी पनि मेसी नै हुन् । उनी विश्वकप इतिहासमा सर्वाधिक २,४०४ मिनेट मैदानमा बिताउने खेलाडीसमेत बनेका छन् ।

    यति मात्रै होइन, विश्वकपको समूह चरणदेखि फाइनलसम्म सबै चरणमा गोल गर्ने एक्लो खेलाडी पनि मेसी हुन् । किशोरावस्थादेखि ३० र ४० वर्षको उमेर समूहसम्म विश्वकपमा गोल गर्ने दुर्लभ कीर्तिमान पनि उनकै नाममा छ । विश्वकपमा सर्वाधिक १२ पटक ‘प्लेयर अफ द म्याच’ अवार्ड जित्ने खेलाडी पनि मेसी हुन् । साथै, दुई पटक ‘गोल्डेन बल’ जित्ने विश्वका थोरै खेलाडीमध्ये उनी एक हुन् ।

    ३८ वर्षको उमेरमा पनि मेसीले विश्व फुटबलमा आफ्नो प्रभुत्व कायम राख्दै नयाँ कीर्तिमानहरू थपिरहेका छन्, र अब उनको लक्ष्य विश्वकप इतिहासकै एक्लो सर्वाधिक गोलकर्ता बन्ने देखिएको छ ।

    images
    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १७:०३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij