२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।
सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर संचालन भइरहेको यस विद्यालयमा १२६ जनाभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् भने ८५ भन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरुलाई खानेबस्ने सुविधा सहित आवासीय सेवा समेत उपलब्ध गराइरहेको छ ।
विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ यस बैंकका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले उक्त विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनाललाई असार १ गते एक कार्यक्रमका बीच झोला अन्य शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij