Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फिफा विश्वकप: बराबरी खेल्दै नेदरल्यान्ड्स र जापानले अंक बाँडे

फिफा विश्वकप: बराबरी खेल्दै नेदरल्यान्ड्स र जापानले अंक बाँडे


  • 1.3K
    Shares

    फिफा विश्वकप: बराबरी खेल्दै नेदरल्यान्ड्स र जापानले अंक बाँडे
    images

    काठमाडौं । फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गतको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन्। 

    डालस स्टेडियममा भएको खेलमा दुवै टोलीले २–२ गोल गर्दै अंक बाँडेका हुन्। पहिलो हाफको खेलमा नेदरल्यान्ड्सले केही दबदबा बनाउन खोज्यो। जापानले पनि पाएको मौकाहरु सदुपयोग गर्ने कोसिस गर्यो। यसको बाबजुत पनि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। खेलमा ४ गोल भयो । ४ वटै गोल दोस्रो हाफमा निस्किए। 

    केही अट्याकिङ मुभहरुपनि देखियो। पहिलो हाफको ४० मिनेटपछि जापानले लगातार २ आक्रमण बनायो तर चुक्यो। पहिलो हाफको खेल प्रतिस्पर्धात्मक नै थियो। दुवै टोली पछिल्लो केही वर्षयता लागातार उच्च स्तरको प्रतियोगिताहरु खेलिरहेका छन्। 

    खेलमा गोल दोस्रो हाफमा निस्कियो। पहिलो हाफपछिको राणनीतिक परिवर्तनले दुवै टोली पहिलो हाफमा भन्दा फरक देखिए। खेलको ५१ औं मिनेटमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर त्यो अग्राता जापानले ६ मिनेट भित्रै बराबरीमा ल्यायो। खेलको ५७ औं मिनेटमा केइटो नाकामुराले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

    खेलको ६४ औं मिनेटमा पुनः नेदरल्यान्ड्सका स्ट्राइकर क्रिसिएनसिओ समरभिलले गोल गर्दै खेललाई अग्रतामा ल्याएका थिए। खेलको ८९ औं मिनेटमा जापानले त्यो अग्रता बराबरीमा ल्यायो। दाइची कामादाले जापानका लागि हेडर गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। 

    खेलको निर्धारित ९० मिनेटको समयमा ६ मिनेटको इन्जुरी समय थप गरिएको थियो। जसमा दुवै टोलीले केही अवसर बनाए पनि गोल भने गर्न सकेनन्।दोस्रो हाफको खेलमा जापानले निकै सुधारिएको खेल खेल्यो ।जापानले सन् १९९८ बाट लगातार विश्वकप खेलिरहेको छ। जापानका कप्तान वाटारु इन्दोले लगाताार चोट बेहोरेपछि ठिक विश्वकप अघि खेल करिअरबाट नै सन्यास लिएका थिए। 

    images
    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - ०६:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij