Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

शेयर धितो कर्जा : कुन बैंकको लगानी कति ?

शेयर धितो कर्जा : कुन बैंकको लगानी कति ?


  • 1.4K
    Shares

    शेयर धितो कर्जा : कुन बैंकको लगानी कति ?
    images

    काठमाडौं । वाणिज्य बैंकहरूले शेयर बजारमा आक्रामक लगानी बढाउँदै वैशाखसम्म १ खर्ब ३९ अर्ब ६२ करोडभन्दा बढी मार्जिन कर्जा प्रवाह गरेका छन्।

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा बैंकहरूको शेयर कर्जा ३५.३८ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको १० महिनामा बैंकहरूले सुरक्षित र तरल मानिने शेयर धितो कर्जालाई प्राथमिकता दिँदा लगानीमा उल्लेखनीय वृद्धि देखिएको हो । 

    चालु आर्थिक वर्षको वैशाखसम्म १६ वाणिज्य बैंकले शेयर कर्जा बढाउँदा नबिल बैंक १७ अर्ब ६८ करोडभन्दा बढी लगानीसहित शीर्ष स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा २१.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष वैशाखसम्ममा बैंकले १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

    २४.७८ प्रतिशतको वृद्धिसहित ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ। अघिल्लो वर्ष वैशाखसम्म ११ अर्ब ५९ करोड १४ लाख रुपैयाँ शेयर लोन दिएको बैंकले समीक्षा अवधिसम्म २४.७८ प्रतिशतले बढाएर १४ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ।

    नेपाल बैंक, सिटिजन्स बैंक र नेपाल एसबीआई बैंकले शेयर लोन प्रवाह घटाएका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह गरेको छैन।

    वाणिज्य बैंकहरूको शेयर कर्जा प्रवाहमा कुमारी बैंक १० अर्ब ९१ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छे। यो लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.०२ प्रतिशतको वृद्धि हो । 

    समीक्षा अवधिसम्म सबैभन्दा कम शेयर लोन दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने नेपाल बैंकको १३.८९ प्रतिशत, सिटिजन्स बैंकको १४.७२ प्रतिशत र नेपाल एसबीआई बैंकको ७।३३ प्रतिशत घटेको छ। कर्जा प्रवाहको वृद्धिदर १५६.१६ प्रतिशतका साथ कृषि विकास बैंक अगाडि रहेको छ।

     

    images
    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १५:३२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij