२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । चर्चित गायिका विष्णु माझीले लामो समयको अन्तरालपछि आफ्नो कम्पनीभन्दा बाहिरको प्रोजेक्टमा स्वर दिएकी छन्। विगत केही वर्षदेखि आफ्नै कम्पनी सपना म्युजिक इन्डस्ट्रिजमार्फत मात्र सीमित गीत सार्वजनिक गर्दै आएकी माझीको स्वरमा शनिबार झोर्ले हजुर बोलको नयाँ गीत सार्वजनिक भएको हो ।
शनिबार सार्वजनिक ‘झोर्ले हजुर’ बोलको गीतमार्फत उनी बाहिरी प्रोजेक्टमा सुनिएकी हुन् । प्रायः तीज र दशैंको अवसरमा मात्र नयाँ गीत लिएर आउने माझीका प्रशंसकहरूले यसपटक भने तीजअघि नै उनको नयाँ स्वर सुन्न पाएका छन् विगत केही वर्षदेखि विष्णु माझीले आफ्नै सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज र दशैं विशेष गीतहरू मात्र सार्वजनिक गर्दै आएकी थिइन्।
उनका नयाँ गीत सुन्न प्रायः तीजको प्रतीक्षा गर्नुपर्थ्यो । तर यसपटक उनको गीत तीजअघि नै आएको छ । ‘झोर्ले हजुर’मा विष्णु माझीसँग गायक बाबुकृष्ण परियारको पनि स्वर रहेको छ। गीतका शब्द रमेश बिजीले लेखेका हुन् भने सङ्गीत बाबुकृष्ण स्वयंले तयार पारेका छन्।
मगर समुदायमा अभिवादनका रूपमा प्रयोग हुने शब्द ‘झोर्ले’लाई प्रतीक बनाएर तयार गरिएको गीतले तीजका विरह र वेदनाभन्दा फरक भाव प्रस्तुत गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij