Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एभरेष्ट बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर रियल टाइम रेमिट्यान्स सेवा

एभरेष्ट बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर रियल टाइम रेमिट्यान्स सेवा


  • 1.8K
    Shares

    एभरेष्ट बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर रियल टाइम रेमिट्यान्स सेवा
    images

    काठमाडौं । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । 

    यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्ने भएका छन् ।

    नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन् ।

    त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् ।

    नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन् ।

    यस सेवा सम्बन्धी थप विस्तृत जानकारीका लागि ग्राहक महानुभावहरूले एभरेष्ट बैंकको आधिकारिक वेबसाइट  www.everestbankltd.com वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

     

    images
    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १७:४०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij