Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण


  • 1.3K
    Shares

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायमा २५ थान सेतो छडी (ध्जष्तभ ऋबलभ) वितरण गरेको छ ।

    दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पु¥याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख सुशिल पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गर्नुभएको थियो । कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसालको समेत उपस्थिति रहेको थियो । 

    दृष्टिविहीन व्यक्तिहरूका लागि सेतो छडी केवल हिँडडुल गर्ने साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्वपूर्ण आधार हो । विशेषगरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट बञ्चित समुदायका दृष्टिविहीन व्यक्तिहरूका लागि यस्ता सहयोगले दैनिक जीवनलाई सहज बनाउन तथा समाजमा सक्रिय सहभागिता जनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख पौडेलले व्यक्त गर्नुभएको छ । 

    सेतो छडीले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने लक्ष्य सर्वोदय परियोजनाका सौगात वाग्लेले व्यक्त गरे । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    बैंकले यस्ता कार्यक्रमहरुमार्फत आत्मविश्वास र सामाजिक समावेशितामा सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।

     

    images
    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १३:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij