२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षरोपण गरेको छ ।
‘विश्व वातावरण दिवस २०२६’ को अवसरमा बैंकका करिब ३५० कर्मचारीहरू र स्थानीय समुदायको सहभागितामा फलफूल, फूल फुल्ने र सित्तल दिने प्रजातिका ५०० बिरुवाहरू रोपिएको बैंकले जनाएको हो । यस पहलले स्थानीय क्षेत्रमा हरियाली प्रवर्द्धन गर्ने, जैविक विविधतालाई सघाउने र दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान पुर्याउने लक्ष्य राखेको छ।
वृक्षारोपण कार्यक्रमको शुभारम्भ स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोरख राणा र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार बस्नेतले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीईओ गोरख राणाले वातावरणीय संरक्षणका लागि कर्मचारीहरूको उत्साहजनक सहभागिताको प्रशंसा गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij