Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

११ अङ्कले घट्यो नेप्से, आठ अर्ब ५९ करोडको कारोबार

११ अङ्कले घट्यो नेप्से, आठ अर्ब ५९ करोडको कारोबार


  • 6.3K
    Shares

    ११ अङ्कले  घट्यो नेप्से, आठ अर्ब ५९ करोडको कारोबार
    images

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) पनि घटेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साढे ११ अङ्कले घटेको छ । नेप्से आज ११ दशमलव ६८ अङ्कले घटेर २७ सय ७१ दशमलव १५ अङ्कमा झरेको छ । 

    आज जीवन बीमा समूहको शेयर सबैभन्दा बढी एक सय ७६ अङ्कले घटेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर १२३ अङ्कले, व्यापार समूहको शेयर ९३ अङ्कले र होटल तथा पर्यटनको शेयर ९१ अङ्कभन्दा धेरैले घटेको छ । आज विकास बैंक समूहको शेयर भने २१ अङ्कभन्दा धेरैले बढेको छ ।

    आज कारोबार रकममा पनि कमी आएको छ । आज आठ अर्ब ५९ करोड रुपैयाँ बराबरका एक करोड ९७ लाख कित्ता शेयर कारोबार भयो ।

    आज दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य पाँच प्रतिशत, जोशी हाइड्रोपावर र आँखु खोला हाइड्रोको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ । आज बजार घटेको दिन पनि कालिका पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।  

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १६:५५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij