२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) न्याय पाउने बलियो आशा र विश्वासका साथ स्वदेश फर्किएका छन्। केही समयदेखि अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमार्फत आफू मातृभूमि फर्किएको जानकारी दिएका हुन्।
आफ्नो स्वदेश फिर्तीबारे भावुक भनाइ राख्दै कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।
ूचितवनमा निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला परियोजनामा विभिन्न कानुनी र आर्थिक विवादहरू झेल्दै आएका कट्टेल लामो समयको विदेश बसाइपछि नेपाल फर्किएका हुन्। उनले गृहभूमिमा फर्किएर आफ्ना पुराना चोटहरू निको पार्ने र न्यायको अनुभूति गर्ने चाहना व्यक्त गरेका छन्।
आफ्नो पोस्टमा थप स्पष्ट पार्दै उनले लेखेका छन्, आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख–दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij